बाराको निजगढमा आगलागी, १ लाख ५० हजारको क्षति


काठमाडौं ।

बाराको निजगढ नगरपालिका–९ ठाडो लाइनका पूर्णबहादुर अधिकारीको गोठमा सोमबार राति आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ।