काठमाडौं ।
तनहुँको व्यास नगरपालिका–१ का २८ वर्षीय अमित सुयालको करेन्ट लागेर मृत्यु भएको छ।
सोमबार दिउँसो छाब्दि खोलामा विद्युतीय तार जडान गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका सुयालको उपचारका क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ।











प्रतिक्रिया