उदयपुरमा छठ पर्व भव्य रुपले मनाइयो

282
Shares

उदयपुर ।

 यस वर्षको छठ पर्व उदयपुरमा भव्य रुपले मनाइएको छ । उदयपुरको त्रियुगा, बरुवा, तावा तथा गिदेरी। कमला लगायतका नदीहरुमा तामझामका साथ ब्रतालुहरुले छठ पर्व मनाएका छन् ।

भाकल अनुसार तथा चिताएको काम पुरा गराउन र भएपछि मनोकाङ्क्षा पूर्णताकालागि मनाइने यो पर्वमा मैथिली भाषाभाषीका साथै नेपाली भाषाभाषीका विभिन्न समुदायहरुले पनि विगत केही वर्षदेखि मनाउने चलन रहेको छ ।

किम्बदन्तीका अनुसार महाभारत लडाइँका समयमा पाँच पाण्डव दाजुभाइ वनबासका समयमा रहँदा अनेक प्रकारका रोगब्याधले सताउँदा अनेकौ ओखतीमुलो गर्दा पनि ठीक नभएपछि राजगुरुसँग उपचारकालागि सल्लाह माग्दा गुरुले वर्षमा दुई पटक पहिलो कार्तिक शुक्ल षष्ठी तिथिमा र चेत्र शुक्ल पक्षको षष्ठीका दिन छैठीमाताको पूजा आजासहित विधि अनुसार निराहार ब्रत बसेर ब्रत समापन गरेपछि शरीरमा लागेका सम्पूर्ण रोगव्याध तथा दुःख पीडा सबै दूर हुने बताए पछि गुरुको आदेशानुसार पाँचैभाईले ब्रत बसेपछि रोगब्याधबात मुक्त भई दुःख कष्ट हराएको हुँदा सोही समयदेखि खासगरी मिथिलाञ्चलमा यो पर्व वर्षमा दुई पटक मनाउने गरिएको हो । मिथिलाञ्चलबासीको देखासिकीबाट नै यो पर्व तराई मधेस र पहाडमा पनि मनाउने चलन रहेको विश्वास गरिन्छ ।

यो पर्वमा खासगरी महिला, पुरुष तथा बालबालिकाहरु पनि सरिक हुने गरेको पाइन्छ । बालबालिकाहरुको सुस्वास्थ्यको कामना तथा बृद्ध महिलाहरुको दर्घिायु, रोगव्याध तथा दुःख कष्टबाट मुक्त हुन र चिताएको मनोकांक्षा पूणै हुने विश्वासका साथ यो पर्व मनाउने गरिएको छ ।

उदयपुरको त्रियुगा नदीमा छठ पूजा व्यवस्थापन समितिले त्रियुगा नगरपालिकाको १ लाख आर्थिक सहयोग र पूजा गर्ने घाट बनाउन नगरपालिकाकै जेसिबि मेसिन लिएर विशेष तयारीका साथ छठ पूजा गर्ने घाट निर्माण गरेकाले प्रति घाटको  ६०० शुल्क लिएपछि विवाद भएको थियो । करिब २ सय ब्रतालुहरु उकतिर र शुल्क बढी भएपछि त्यसको विरोध गर्दै सयभन्दाबढीले त्रियुगा नदीकै पूर्वको भागमा अर्को पूजाघाट बनाएर छठ पुा गरेका थिए ।

यसैगरी गाईघाटकै बरुवा नदीमा पनि घाट बनाएर छठ पूजा गरिएको छ भने कटारी नगरपालिका वडा नं ३ स्थित तावा खोलामा पनि विशेष तामझामका साथ छठ पूा गरिएको छ । कटारीमा पनि नगरपालिकाको आर्थिक सहयोगमा पूजघाट निर्माण गरेर न्युनतम शुल्क लिएर ब्रतालुहरुलाई वितरण गरिएको थियो । 

जिल्लाका अन्य क्षेत्र बेल्टार, रामपुर, बसाहा, सुन्दरपुर, जोगीदह, हडिया लगायतका बजारहरुमा पनि छठ पर्व भव्य रुपले मनाइएको छ ।

सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर घाटमा नै नाचगान गरेर जाग्राम बसी मंगलबार बिहान उदाउँदो सूर्यलाई पूजा गरेर अर्घ दिएपछि समापन हुने यो पर्वमा मंगलबार बिहान कुहिरो र बादल लागेका कारण बिहान ६ः११ मिनटमा उदय हुने सूर्य नदेखिएपछि ब्रतालुहरु विहान साढे सात बजेसम्म त्रियुगा नदीमा पसेर सूर्यको प्रार्थना गरिरहेका थिए भने ब्रतालुहरुमा महिलाको संख्या बढी देखिएको र पाँच वर्षका एक बालक पनि हातमा फूल लिएर नमस्कार गर्दै पाीमा उभिइरहेको देखिन्थ्यो ।

Skip This