आज देशभरको मौसम कस्तो रहला ?


काठमाडौँ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली रहने भए पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

राति पनि देशभर मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ। हाललाई देशभर वर्षाको सम्भावना छैन।