काठमाडौं ।
२०८२ असोज २० गते सोमबार देशका विभिन्न स्थानमा ९ जना व्यक्तिको शव फेला परेको छ।
वीर अस्पताल नजिक एक अन्दाजी ५० वर्षीय पुरुष, पाँचथरमा दुई जना (१७ वर्षीय किशोर र ३९ वर्षीय पुरुष), काभ्रेपलाञ्चोकमा दुई महिला, सर्लाही र धादिङमा अन्दाजी ३५ र ४० वर्षका महिलाहरू, सिन्धुपाल्चोकमा १२ वर्षीय बालक र उदयपुरमा ६९ वर्षीया वृद्धा मृत अवस्थामा भेटिएका छन्।
सबै घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।











प्रतिक्रिया