उदयपुरमा बलात्कार अभियोगमा दुई युवक पक्राउ


काठमाडौं ।

उदयपुरमा दुई फरक घटनामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना युवकलाई पक्राउ गरिएको छ।

चौदण्डीगढी नगरपालिका–२ का १९ वर्षीय संजय सदा र कटारी नगरपालिका–९ का १९ वर्षीय भोजराज परियारलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूविरुद्ध पीडित पक्षबाट उजुरी परेको आधारमा क्रमशः बेल्टार र कटारी प्रहरी टोलीले पक्राउ गरेको हो। हाल दुबै घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।