टीका थाप्न र आशीर्वाद लिन मान्यजनकहाँ जाने क्रम जारी


काठमाडौ ।

आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घर जाने क्रम जारी छ।

नवमीसम्म पूजा गरेर देवी विसर्जन गरेपछि सुरु भएको यो परम्परा कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ। तर, पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीकै दिन टीका र आशीर्वाद थाप्ने परम्परा रहेको छ।

Skip This