काठमाडौं।
नेपालको एएफसी महिला एसियन कप खेल्ने सपना पेनाल्टीमा उज्बेकिस्तानसँग पराजित हुँदै टुंगिएको छ। शनिबार उज्बेकिस्तानको तास्केन्टमा भएको खेलमा नेपाल पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
समूह ‘एफ’बाट घरेलु टिम उज्बेकिस्तान एसियन कपका लागि छनोट हुन सफल भयो।
पेनाल्टी सुटआउटमा उज्बेकिस्तानका चारै खेलाडीले गोल गरे। नेपालको तर्फबाट पहिलो प्रहारमा आएकी सावित्रा भण्डारीको प्रहार पोस्टमा लागेर फर्कियो। दोस्रो र तेस्रो प्रहारमा गीता राना र सविता रानामगरले गोल गर्न सफल भए। चौथो पेनाल्टीमा गोलकिपर अञ्जना रानामगर प्रहार गर्न आइन् तर उनको प्रहार उज्बेकिस्तानकी गोलकिपरले रोकेकी थिइन्।
यस हारसँगै पहिलो पटक एएफसी महिला एसियन कप खेल्ने नेपालको लक्ष्य अधुरै रह्यो।
प्रतिक्रिया