काठमाडौं ।
त्रिभुवन विश्व विद्यालयको सिनेट बैठक स्थगित भएको छ । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भोली हुन लागेको सिनेट बैठक स्थगित गर्न निर्देशन दिनुभएको हो । तिन महिने उपकुलपति प्राडा खड्ग केसीले बजेट ल्याउने अन्तिम तयारी गर्नुभएको थियो ।
कुलपति ओलीले नया उपकुपति नियुक्ति भएपछि नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गर्ने जनाउदै भोलीको बैठक स्थगित गर्न निर्देशन दिनुभएको हो । सोही आधारमा भोलीको बैठक स्थगित भएको हो–स्रोतले न्युज अफ नेपालसग भन्यो । भोलीको बैठकमा ग्रेस लिष्ट पास समेत कार्यतालिका थियो ।
अब नवनियुक्त उपकुलपतिले बजेट, नीति तथा कार्यक्रम र ग्रेस लिष्ट पास गर्न सिनेट बैठक बोलाउनु हुनेछ –स्रोतले भन्यो ।
प्रतिक्रिया