-आज पत्र दिइयो, प्रि बजेट बैठक राख्ने तयारी
-मेयर साह र उपमेयरबीच वार्ता
-मेयर र उपमेयर सहित समितिको पुरानै अडान प्रमुख प्रशासकीय नभै बैठक बस्नै सक्दै
काठमाडौं ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले करिब एक महिनाअघि संयोजकको जिम्मेवार खोसेका चारजना वडा अध्यक्षलाई फेरि सोही पदमा जिम्मेवारी दिएका छन् । मेयर साहले कार्यपालिकाको बैठकले गरेको निर्णय उल्ट्याउदै आफैले हस्ताक्षर गरी तीन समितिका संयोजकलाइ हटाएका थिए ।
जेठ १ गते संयोजकपदबाट हटाएका मेयर साहले आज चारैजना कार्यपालिका सदस्यलाई सोही पदमा जिम्मेवारी दिएका छन् । स्रोतकाअनुसार उपमेयर सुनिता डंगोल र वडाध्यक्षलाई फकाएर कार्यपालिका बस्ने वातावरण बनाउन चारजना संयोजकलाई पुरानै पदमा नियुक्ति गरिएको छ । मेयर साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुँरागाईलाई कार्यपालिकाको बैठकमा उपस्थित नगराउन अनेक चालबुनेका छन् ।
सोही चालबाजी अनुसार मेयर साहले कारबाही गरेका चारैजनालाई संयोजकको जिम्मा दिएको हो । ‘उहाँ अति चलाख हुनुहुन्छ । बजेट पास गराउन उपमेयर डंगोल र वडा अध्यक्षलाई पकाउँदै विभिन्न प्रलोभन दिइरहनुभएको छ । उच्च स्रोतका अनुसार दिउँसो मेयर साह र उपमेयर डंगोलबीच भेट भएको थियो । भेटको क्रममा प्रिबजेट बोलाउने विषयमा छलफल भएको थियो ।
मेयर साहले बैठक संचालन गर्नकै लागि आफूले कारबाही गरेको वडाअध्यक्ष र उपमेयरलाई फकाउन शुरु गरेका छन् । मेयर साह प्रमुख प्रशासकीयलाई बाइकट गरी स्रोत निर्धारण समिति, कार्यपालिका र नगरपरिषदको बैठक राख्न चाहन्छन् , उपमेयर लगायत टीम सदस्यसचिव एव प्रमुख प्रशासकीय अधिकृत गुँरागाईको उपस्थित नभै बैठक बस्नै नसक्ने अडानमा छन् ।
साहले आज दिउँसो करिब १ बजे कार्यपालिका अन्तर्गत ४ समितिका संयोजकलाई जिम्मेवारी दिएका हुन् । कामपा नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकलाई पुर्ववतः रुपमा संयोजकको जिम्मेवारी दिएको हो । जिम्मेवारी पाउनेहरुमा सूचना प्रविधि समितिका संयोजक एव. प्रवक्ता नविन मानन्धर, सुशासन समितिमा ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समितिमा आशामान संगत, विधायन समितिमा मचाराजा महर्जनलाई पुर्ववत संयोजक को जिम्मेवारी दिएको हो ।
वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धर, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन चारवटा समितिको संयोजकको जिम्मेवारी दिएको थियो । पत्रमा ’नगर कार्यपालिका (कार्यसम्पादन)नियमावली २०७४को नियम १५ को उपनियम १ र सोही नियमको उपनियम २ बमोजिम तपाईँलाई पुर्ववत रुपमा संयोजक तोकिएको ब्यहोरा जानकारीको लागि अनुरोध छ’– भनिएको थियो । मेयर साहले कार्यपालिका बैठकको निर्णय विपरीत एकलौटी रुपमा समितिका संयोजकमाथि कारबाही गरेका थिए ।
तीनजना संयोजकलाई हटाएपछि मेयर र वडाअध्यक्षबीच पुर्णरुपमा सम्बन्ध बिग्रिएको थियो । जेठ १ गते संयोजकलाई हटाएपछि सोहीदिन सुसासन समितिमा दलबहादुर कार्की,सूचना प्रविधि समितिमा वीरेन्द्र प्रजापति र सम्पदा तथा पर्यटन समितिमा विनोद राजभण्डारीलाई संयोजकको जिम्मेवारी दिएको थियो । त्यसको केहीदिन पछि तीनैजना वडाअध्यक्षले राजीनामा दिएका थिए ।
‘तोकिएको जिम्मेवारीहरु कार्यपालिका बैठकबाट अनुमोदन नभएको अवस्था विद्यमान भएकाले उपयुक्त नदेखिएको हुँदा तोकिएको जिम्मेवारीमा नरहने ब्यहोरा श्रीमान् प्रमुखज्यू समक्ष संयुक्त रुपमा जानकारीको लागि अनुरोध गर्दछौ’–भन्दै तीनैजना संयोजकले राजीनामा दिएका थिए ।
यसअघि काठमाडौं महानगरपालिकको २०७९ असार १० गते बसेको चौथो कार्यपालिकाको बैठकले १२ विषयगत समिति बनाउने निर्णय गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडलको सिफारिसपछि समिति गठन भएको थियो ।
कामपा कार्य सम्पादन नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम १ बमोजिम नयाँ संयोजक तोकेका हुन् । स्रोतका अनुसार समितिमा मनोनयन गरेका ४ जना मध्ये ३ जना नियमअनुसार जिम्मेवारी नदिएको कारण समितिमा नबस्ने अडान लिएका थिए । त्यसबेला मेयर साहले आफ्नो आलोचना गर्ने वडाध्यक्षलाई अघोषित रुपमा कारबाही स्वरुप संयोजकबाट हटाएका हुन् ।




प्रतिक्रिया