संसदमा आज पनि रास्वपाको प्रदर्शन जारी


काठमाडौँ। 

 राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि संसदमा अबरोध गरिरहेको छ । गत असार १३ गतेदेखि  निरन्तर अबरोध गरिरहेको रास्वपाले आज पनि संसद् अबरोध गरिरहेको हो । रास्वपाको अबरोधका बिचमा पनि सभामुख देवराज घिमिरेले संसद् भने निरन्तर चलाइरहेको छ  ।

 रास्वपाका सांसद हरि ढकालले लाखौँ युवा ठगिएको विषयलाई उठाउँदा सरकारले आफूहरूको आन्दोलनलाई नजरअन्दाज गरेको आरोपसमेत लगाएका छन् ।

 उनले गृहमन्त्रीले विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो ? भनेर प्रश्नसमेत गरेका छन्। उनले आफूहरूको आन्दोलन जारी रहेको भन्दै गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन नभएसम्म आफूहरू अडान नछाड्ने बताए ।