उदयपुर ।
उदयपुर जिल्लाका आठवटै पालिकाहरुका घरपालुवा जनावरहरुलाई खोरेत रोग विरुद्धको खोप अभियान सम्पन्न भएको छ ।
उदयपुरका आठ पालिका मधये तराई क्षेत्रमा पर्ने त्रियुगा, कटारी,चौदण्डीगढी र बेलका नगरपालिकामा खोरेत रोग बढी देखिने र पहाडी क्षेत्रमा पर्ने पालिकाहरुमा यो रोग कम देखिने भएकोले तराईका क्षेत्रमा रहेका घरपालिुवा जनावरहरुलाई प्राथमिकता दिएर खोप अभियान संचालन गरेकोमा सम्पन्न भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरले जनाएको छ ।
पशुसेवा विज्ञ केन्द्रका सूचना अधिकारी सुन्दरलाल यादवले गर्मीको समयमा गाई, गोरु, बाच्छा बाच्छी, भैसी रागा पाडापाडी आदिमा खोरेत रोग लाग्ने गरेको, बाख्रा पाठापाठी तथा खसीहरुमा पिपिआर रोग लाग्ने भएकोले तराईका क्षेत्रमा जोखिम कम गर्न खोप अभियान सम्पन्न भएको बताए ।
सूचना अधिकारी यादवका अनुसार आठवटै पालिकाका पशुसेवा शाखा मार्फत घरपालुवा गाइर्, गोरु, बाच्छा, बाच्छी, भैसी, रागा, पाडापाडी लगायतका लाई १ लाख ३ हजार डोज लगाई सकिएको छ । जिल्लाका ८५ प्रतिशत पशुहरुमा खोप लगाईएको जानकारी दिंदै यादवले उदयपुरमा ८६ हजार ९सय६४ गाई गोरु र ३९ हजार ४ सय ३० भैसी राँगा पाडापाडी रहेको र जन्मेको तीन महिना खोरेत रोगका विरुद्धको खोप लगाउनु पर्ने बताए ।
खोरेत रोग खसी बाख्रा, सुँगुरमा पनि लाग्ने तर न्युन रुपमा लाग्छ ।सबैभन्दा बढी गाई गोरु भैसी राँगामा लाग्ने गरेको जानकारी दिंदै सूचना अधिकारी यादवले उदयपुरमा ३ लाख ४० हजार २सय २७ थान खसी बाख्रा रहेकोमा २ लाख ७५ हजार खसी बाख्रालाई पिपिआर खोप लगाईएको बताए ।
गर्मीको समय भएकोले आकस्मिक रुपमा घरपालुवा जनावरमा खोरेत वा पिपिआर सम्बन्धि रोग देखा पर्न सक्ने भएकोले र स्थानीयबाट माग हुन सक्ने भएकोले दुबै खोप स्टकमा राखिएको हुँदा आपतकालिन अवस्थामा पनि सहयोग पुग्ने उनले बताए ।
अहिले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा घरपालुवा जनावरहरु खसी बोका बाख्रा, गाई गोरु भैसी राँगामा डायरिया, शरीरमा घाउ चोट, दाद जस्ता रोग देखा परेकोले उपचारकालागि ल्याउने गरेको छ । घर पालुवा कुकुरहरु पनि खसी पार्न र उपचारकालागि ल्याउने गरेको सूचना अधिकारी यादवले बताए ।
प्रतिक्रिया