कैलालीको गौरीगंगामा खोलाले बगाउँदा एक जनाको मृत्यु


कैलाली ।

कैलालीको गौरीगंगामा खोलाले बगाउँदा एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–२ चौमालामा खोलाले बगाउँदा अन्दाजी ६० वर्षीय नरबहादुर ताम्राकारको मृत्यु भएको हो । बुधबार साँझ ५ बजे पुरानो चौमाला बजारदेखि घर जाने क्रममा चौमाला खोलाले बगाउँदा ताम्राकार बेपत्ता भएका थिए ।

बेपत्ता ताम्राकारको खोजीकार्य गर्दा बिहीबार बिहान खोलामा शव फेला परेको ईलाका प्रहरी कार्यालय चौमालाका प्रहरीले जानकारी दिएका छन् । पोस्टमार्टमका लागि धनगढीमा रहेको प्रादेशीक सेती अञ्चल अस्पतालमा पठाएको ईलाका प्रहरी कार्यालय चौमालाका प्रहरीले जानकारी दिएका हुन् ।