सत्ता साझेदार दलका शीर्षनेताबिच बालुवाटारमा बजेटको बिषयमा छलफल


सत्ता साझेदार प्रमुख दुई दलका शीर्षनेताको बुधबार साँझ बालुवाटारमा बसेको बैठक

काठमाडौं ।

सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शीर्ष नेताबिच संसद्, सरकार र बजेटका सन्दर्भमा छलफल गरेका छन्  । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा संसद्को गतिरोध हटाई बजेटमाथिको छलफल अघि बढाउने तथा विधेयकको छलफल अघि बढाउने सन्दर्भमा छलफल गरेका हुन् ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस महामन्त्री गगनकुमार थापा, कांग्रेस केन्द्रीय सदस्यहरू, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डां आरजु राणा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का सहभागी रहेका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारको कामकारबाहीलाई अझै प्रभावकारी बनाउने, संसद्मा रहेका शिक्षासहितका महत्वपूर्ण विधेयकलाई ऐन निर्माणका लागि अघि बढाउने, जनताका गुनासो सम्बोधन हुने गरी काम गर्ने सन्दर्भमा छलफल भएको थियो  ।