मेयर साहका स्वकीय सचिवको ज्यादती: कानुन विभागमा आफैले तोक लगाएर आदेश दिए

26.23k
Shares

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहका स्वीकय सचिव भुपदेव शाहले अधिकार क्षेत्रभन्दा बाहिर गएर निर्देश दिने कामको गएर हद नाघेका छ । मेयर साहका हर्ताकर्ता बनेका स्वकीयसचिव शाहले कानुन विभागमा तोक लगाएर आवश्यक कार्यान्वयन ( आका) गर्न विभागीय प्रमुखलाई आदेश दिएका छन्।

शाहले करिब १३ महिनाअघि कानुन विभाग प्रमुखको नाममा आका गर्न हस्ताक्षर सहितको निर्देशन दिएका हुन । उच्चस्रोतका अनुसार कामपा १६ नम्बर वडाको घर टहरा भत्काउन विभागमा दिएको निवेदन उल्ट्याउदै घर टहरा भत्काउने कार्य स्थगित गर्न निर्देशन दिएको पत्रमा तोक लगाएको फेला परेको छ । सो पत्रको विस्तृत विवरण आउन बाकी छ । आफ्नो हैसियत बिर्सेर कानुन विभागलाई तोक आदेश दिने स्वकीय सचिव शाहलाई कारबाही गर्न दवाव बढेको छ।

उहा त मेयरले भनेको मान्ने हो । उहाको दैनिक कामको व्यवस्थापनदेखि कार्यक्रम तालिका बनाएर मेयरको निर्देशन मान्ने मात्र हो , उहा त मेयर पछि आफै हालिमुहाली गदै सबै विभागीय प्रमुखलाई आदेश दिने गरेका छन् । उहाकै कारण मेयर, उपमेयर र कार्यपालिका सददस्यबीच विवाद भएको थियो । प्रमुख प्रशासकीय अधिकृत गुँरागाईलाई कारबाही गर्नुपर्छ भन्दै पहिलो आवाज निकालेर सबैकर्मृचारीलाई कारबाही गर्नेसम्मको चेतावनी दिने गरेका छन् । मेयर शाहको सबै काममा हस्तक्षेप गर्ने गरेका स्वीकय सचिव शाहकै कारण कार्यपालिकाको सदस्य र सबैको बोलचाल बन्द भएको छ ।

मेयर र कार्यपालिकाका केही सदस्यबीच कुराकानी गर्ने तालिका तय हुँदा मेयर साहले स्वीकय सुचिव शाहलाई संगै राख्ने खोजेका थिए । तर उपमेयर सुनिता डंगोल सहित सबै कार्यपालिका सदस्यले भुपदेव बस्ने भए आफुहरु मेयर साहसंग कुनैपनि कुरा नगर्ने अडान राखेका थिए ।
स्वकीय सचिव शाहकै कारण महानगरका सबै काम लथालिंग भएको कार्यपालिका सदस्य र कर्मचारीको आरोप छ । हुँदा हुदा कानुन विभाग प्रमुखलाई तोक आदेश गर्ने शाहलाई स्वकीय सचिवबाट हटाउनुपर्ने माग अघि बढेको छ ।

स्वीकय सचिव शाहकै कारण चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुँरागाईलाई प्रवेश गर्न रोक लगाएको थियो । मेयर साहको हरेक बैठकमा हस्तक्षेप गर्नेगरेका स्वकीय सचिव शाहकै कारण मेयर बदनाम हुदै गएका छन् । पछिल्लो घटना स्वीकय सचिव शाहले फोहोर मैला को टेन्डर प्रकरणमा हस्तक्षेप गरी तत्काल टेन्डर खोल्न दवाव दिएका छन् । शिप मेलाको पनि दवाव दिने मुख्य व्यक्ति शाहनै भएको कर्मचारीको आरोप छ ।

स्वीकय सचिव भुपदेव शाहलाई सम्पर्क गर्दा उनको फोन उठेन।