काठमाडौं
त्रिभुवन विश्वविद्यालयले फास्ट ट्याकमार्फत प्राध्यापक नियुक्ति गर्न लागेकोप्रति प्राध्यापकसंगै कर्मचारीले पनि विरोध गरेका छन् । त्रिबि कर्मचारीसंघले आज सोमबार त्रिविका पदाधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउने तयारी गरेका छन् । त्रिविका प्राध्याकलाई बिना प्रतिस्पर्धा स्थायी गर्न लागेपछि कर्मचारीले पनि विरोध जनाएका हुन ।
त्रिबि कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले प्रशासननिक अनुभव र दक्षताको आधारमा न्यूनतम ५ वर्ष विश्वविद्यालय सेवामा काम गरेका कर्मचारीलाई लाई विना प्रतिस्पर्धा स्थायी गर्नुपर्ने मागसहित ध्यानकार्षणपत्र बुझाउने तयारी गरेको जानकारी दिनुभयो ।
भन्नुभयो–‘प्राध्यापकलेमात्र लामो समय काम गरेका हुन र ? कर्मचारीलेपनि करिब १४ वर्षदेखि काम गरिरहेका छन् । उहाँले सेवा स्थायीको लागि न्यूनतम ५ वर्ष सेवा गरेका कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार सेवा स्थायीको गर्ने विषयमा त्रिबिले कुनै निर्णय नगरे निरन्तर विरोध जारी राख्ने बताउनुभयो ।
प्राध्यापकले आफ्नो हकहितको लागि आफै लडाई गर्लान ? हामी कर्मचारीको हितको लागि ध्यानाकर्षणपत्र बुझाउँदैछौ । त्रिबिमा ५ वर्षभन्दा बढी समयदेखि काम गर्ने ४ सय ८५ कर्मचारी विभिन्न पदमा अस्थायी र करार पदमा कार्यरत छन् ।
उता प्रचलित मान्यता विपरीत तथा सेवारत प्राध्यापकहरूको वृत्ति विकासमा असर पर्ने गरी विज्ञापन प्रकाशित गरिएको भन्दै विश्वविद्यालयमा अध्यापनरत विभिन्न ६ प्राध्यापक संघ संगठनले आपत्ती जनाएका हुन् ।
उनीहरुले तीनमहिने उपकुलपति प्राडा खड्ग केसीले मनोमानी निर्णय गरेको आरोप लगाएका छन् । नेपाल विद्यार्थी संघले उपकुलपति कार्यालयमा तोडफोड गरेपछि पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानबाट काम गरिरहेका उपकुलपति केसीले गरेको निर्णय तत्काल फिर्ता लिन चेतावनी दिएका छन् । त्रिबि प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष प्राडा जगत तिमल्सिनाले त्रिबि कार्यकारी परिषदले गरेको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । यदी निर्णय फिर्ता नगरे आन्दोलन गर्न बाध्य हुनेछौ–पोखरेलको भनाई छ ।
त्रिवि सेवा आयोगले फास्टट्याकमार्फत १सय ३० जना प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ । त्यसमा स्थायी प्रक्रिया तत्काल अघि नबढाउन ६ प्राध्यायापक संघसंगठनले चेतावनी दिएका छन् । त्रिबि सेवा आयोगले पहिलो पटक धेरै संख्यामा प्राध्यापक नियुक्त गर्ने तयारी गरेको छ । १० जना प्राध्यापक, २० जना सहप्राध्यापक र सयजना उपप्राध्यापक गरी १ सय ३० जना फास्ट ट्याकमार्फत नियुक्त गर्न लागिएको हो । उनीहरूको लिखित परीक्षा नभई अन्तर्वार्ताको आधारमा नियुक्ति गरिनेछ ।
विश्वविद्यालयले यसलाई त्रिबिको भविष्य निर्माणको जग भनेको छ । खुला विधिबाट अनुसन्धानमा विशिष्टता हासिल गरेका व्यक्तिहरूलाई नियुक्त गर्न लागिएको त्रिविको दाबी छ । प्राध्यापक सङ्घहरूले विश्वविद्यालयका वर्तमानका म्यादी पदाधिकारीले पेसागतसंघका मागहरूलाई बेवास्ता गरेको आरोप लगाएका छ । प्राध्यापकहरूको वृत्ति विकास पनि सोहीअनुरूप हुनुपर्ने र यसतर्फ विश्वविद्यालयका जिम्मेवार तहमा रहने पदाधिकारीले ध्यानदिनु प्राकृतिक सिद्धान्तअन्तर्गत पर्ने उनीहरूको भनाई छ ।
त्रिविमा चारवर्षयता प्राध्यापकहरूको आवधिक बढुवाको विज्ञापन भएको छैन । वर्तमान नेतृत्वले प्राकृतिक सिद्धान्त अनुरूप कार्य नगरी स्वार्थको घेराबन्दीभित्र रही मनोगत रूपमा दरबन्दी सिर्जना गरेको उनीहरूको आरोप छ ।
त्रिविका रिक्त दरबन्दीको पदपूर्ति निश्चित मापदण्ड, आधार र पिरामिड खुल्ने गरी प्राध्यापकको पदोन्नति एवम् स्थायी प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन् । ती संघ संगठनले स्वार्थको घेराबन्दीभित्र रहेर विज्ञापन खोलेको आरोप लगाएका छन् । ती संघ संगठनले त्रिबिको गैर जिम्मेवार कदमप्रति निन्दा गर्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् ।
त्रिबिले फास्ट टयाक्को नाममा लिखित परीक्षाबिना केबल अन्तर्वार्ताको आधारमा स्थायी गराउने कार्यतत्काल बन्द गर्न चेतावनी दिएको छ । आवधिक र आवश्यकताको माग तथा बढुवाको विद्यमान पिरामिड व्यवस्थालाई वेवास्ता गर्दै पदाधिकारीले आफ्नो स्वार्थसिद्ध गर्ने मार्गमा अगाडी बढ्ने प्रयत्न गरेमा यस्बाट पर्न जाने परिणाम र परिस्थितिको जिम्मेवारी पदाधिकारीलेनै बोक्नुपर्ने र त्यसबाट उत्पन्न हुने परिणाम पदाधिकारीलेनै आफैले बेहोनुपर्ने प्राध्यापकको चेतवानी छ ।
त्रिविका मागका सम्बन्धमा कार्यकारी परिषदबाट गठित समितिको प्रतिवेदनको आधारमा कार्यबिधि संसोधन गरी सो कार्यबिधिको आधारमा रिक्त दरबन्दीको पदपुर्ति निश्चित मापदण्ड, आधार र पिरामिड खुल्नेगरी तत्काल पदोन्नती गर्ने जनाएको छ । त्रिबिले यसअघि अनुसन्धान विशिष्टतामा आधारमा २०७३ असोज ५ गते पहिलो पटक र २०७६ पुस ३ मा दोस्रो पटक विज्ञापन आह्वान गरेको थियो । सोही सफल अभ्यास अनुसार नै यो पटक ठुलो सङ्ख्यामा नियुक्त गरिन लागिएको त्रिविको भनाई छ ।
आयोगले ‘त्रिभुवन विश्वविद्यालय अनुसन्धानात्मक विशिष्टताको आधारमा खुला प्रतियोगिताद्वारा शिक्षकहरूको नियुक्तिको सिफारिस सम्बन्धी विनियम २०८२’ अनुसार नियुक्ति गर्न लागेको हो । प्राध्यापक र सहप्राध्यापकको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर गरी कुनै पनि विषयमा विद्यावारिधि (पीएचडी)रएमडी, एमसीएच उपाधि प्राप्त गरेको हुनुपर्नेछ ।
उनीहरूले नेचर इण्डेक्स वा क्यु १ जर्नलमा पहिलो लेखक भईकतिमा दुई वटा अनुसन्धान लेख प्रकाशित गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ । उप प्राध्यापककालागि कुनै विषयमा विद्यावारिधि (पीएचडी) र एमडीरएमसीएच उपाधि प्राप्त गरेको हुनुपर्नेछ । भने क्यू–३ वा क्यू–२ वा क्यू–१ जर्नलमा प्रथम लेखक भई कम्तीमा एउटा अनुसन्धान लेख प्रकाशन गरेको हुनुपर्नेछ ।
भविष्यमा सरकारी सेवा वा विश्वविद्यालय सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको, नैतिकपतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको, गैरनेपाली नागरिक, प्राध्यापक र सहप्राध्यापक पदका लागि ५० वर्ष ननाघेको, उपप्राध्यापक पदका लागि ४५ वर्ष नाघेको व्यक्तिले आवेदन दिन नपाउने आयोगले जनाएको छ ।
प्रतिक्रिया