काठमाडौँ।
गृह मन्त्रालयले भिजिट भिसा प्रकरणमा नेतृत्वको कुनै पनि संलग्नता नरहेको दावी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर आएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको सहसचिव छवि रिजालले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएकोप्रति मन्त्रालय दुःख व्यक्त गर्दछ । यस्ता कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘साथै, विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं ।’

प्रतिक्रिया