आफ्नो विरोधमा लाग्ने प्रवक्तालाई ७ दिने स्पष्टीकरण

 स्पष्टीकरण सोधेपछि प्रहरी प्रमुख जोगाउन मेयर साहको नयाँ रणनीति

137.05k
Shares

-मुलुकी फौजदारी संहिता २०७४ उलंघन गरेको आरोप, कानुनतः दण्डनीय हुने स्पष्टोक्ति

-कामपामा नयाँ स्टन्ट, प्रहरी प्रमुखलाई स्पष्टीकरण सोधेको झोँकमा मेयर साहले प्रवक्तालाई सोधे स्पष्टीकरण

 काठमाडौं । 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेपछि आक्रोशित मेयर साहले नयाँ रणनीति शुरु गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुँरागाईले उपमेयर सुनिता डंगोल,नेपाली काग्रेंस र एमालेका वडाअध्यक्ष, विभागीय प्रमुख लगायत अधिकांस उच्चतहको कार्मचारीको रायपछि स्पष्टीकरण सोधिएको हो । 

 स्पष्टीकरण सोधिएको विषय मोड्न र आफूमाथि लगाएको आरोप खण्डन गर्न कामपा १७ का अध्यक्ष एवं प्रवक्ता नविन मानन्धरलाई   मेयर सचिवालयले स्पष्टीकरण सोधेको छ । मेयर साहको निर्देशनमा  सचिवालय निमित्त प्रमुख शान्ता पहाडीद्धारा हस्ताक्षरित स्पष्टीकरणपत्रमा कामपाका मेयर साहको व्यक्तिगत चरित्रमाथि समेत निराधार भ्रामक खेदजनक अभिव्यक्ति  दिएको उल्लेख छ ।

 चैत २२ गते  मेयर साहको सचिवालयले नेपाली काग्रेसका तीनजना वडाअध्यक्षलाई काठमाडौँ  टावरको विषयमा ५ करोड रुपियाँ  मागेको संगिन आरोपसहित मेयर सचिवालयका सदस्यले  १७ सेकेण्डको भिडियो सार्बजनिक पछि आक्रोशित वडाअध्यक्ष मध्ये प्रवक्ता मानन्धरले  विभिन्न सञ्चार माध्यमामेयर गलत क्रियाकलापको विरोधमा अन्तरवार्ता दिएका थिए । 

  चारमहिनादेखि कार्यपालिकाको बैठक बस्न नसकेपछि चैत १० गते नेपाली काग्रेस निकट  १७ का अध्यक्ष मानन्धर ८ का अध्यक्ष  आशामान संगत  र २६ का ख्याम तिवारीले मेयर साहलाई ज्ञापनपत्र बुझाएका थिए । 

 मेयरका कार्यकक्षमा ज्ञापनपत्र बुझाउदा सबैले कार्यपालिकाको बैठक माग गरेका थिए । प्रवक्ता मानन्धरले प्रमुख प्रशासकीय अधिकृत विहीन अवस्थामा महानगर अस्तब्यस्त भएको  र यस्तो अवस्थामा मेयर साहलाई  एकल निर्णय नगर्न आग्रह गरेका थिए । 

  वडाअध्यक्षद्धय संगत र तिवारीले पनि सोही विषय उठान गरेका थिए । फरक प्रसंगमा काठमाडौ टाबरको विषय आर्थिक लेनदेन देखिएको  विषयमा चर्को विवाद भएको र  त्यसबेला निर्माण कम्पनीले वडा अध्यक्षलाई ५ करोड अफर गरेको आरोप लगाइएको थियो । वडाअध्यक्षले बार्गेनिङ गरेको विषय उठ्दा सबै वडाअध्यक्षले नभएको विषयमा आरोप लगाउन खोजेर विवाद नित्याउन लागेको बताएका थिए । 

बजार हल्लाको पछि लाग्नुभन्दापनि यथार्थ विषयमा कुराकानी गर्नुपर्ने र कसैलाई आरोप लगाउनु गलत भएको भन्दै वडाअध्यक्षले आक्रोस पोखेका थिए  । लगत्तै वडाअध्यक्षले मेयरका सचिवालयका सल्लाहकारले आर्थिक लेनदेन गर्ने गरेको आउन थालेको विषयमा  मेयरलाई ध्यानाकर्षण गराएका थिए । 

 सोही विवादिन विषय रेकर्ड गरी मेयर सचिवालयले वडा अध्यक्षले ५ करोड रुपिया मागेको आरोप लगाएर सामाजिक सञ्जालमा प्रचार शुरु गरेका थिए । लामो समय बोलेका थियौ, चैत २२ गने  १७ सेकेन्डको फुटेज सामाजिक सञ्जालमा राखेर हाम्रो बदनाम गरियो–एक वडाअध्यक्षले भने ।  मेयर र उहाँको सचिवालयले हुँदै नभएको विषय उचालेर वदनाम गर्न थालेपछि प्रबक्ता मानन्धरले मेयर साहको पछिल्लो विरोधाभाष क्रियाकलापको विषयमा सञ्चार माध्यममा अन्तरवार्ता दिएका थिए । 

 सोही विषयलाई आधार मानेर मेयर सचिवालयले यही  ८ गते प्रबक्ता मानन्धरलाई स्पष्टीकरण सोधेको हो । स्पष्टीकरणमा मेयर साहको निजी जीवनमा आपत्तीजनक टीप्पणी र सार्बजनिक प्रतिष्ठामा समेत आँच आउनेगरी दिएको प्रति गम्भीर ध्यानकर्षण भएको उल्लेख छ । 

 ‘अझ विशेषत जनताको मतबाट निर्वाचित जनप्रतिनिधिजस्तो गरिमायुक्त पदमा रहनुभएका व्यक्तिबाट यस्ता आधारहिन अनौपचारिक र अमर्यादित अभिव्यक्ति सार्बजनिक रुपमा दिनु सोभायुक्त कार्य होइन भन्ने कुरासमेत स्मरण गराइन्छ’–स्पष्टीकरणमा सोधिएको छ । 

  स्पष्टीकरणमा भनिएको छ–‘अभिव्यक्ति स्वतन्त्रताको सिमाभन्दा पर गएर व्यक्तिगत चरित्रहत्या, मानहानी तथा सामाजिक प्रतिष्ठामा गम्भीर आँच पु¥याउने कार्य गरेका छन्, जुन मुलकी फौजदारी संहिता २०७४ बमोजिम आपराधिक मानिने तथा कानुनतः डण्डनीय मानिने भएकाले यस सम्बन्धमा सुसुचित गराउँदै गल्तीको स्वीकारोत्ती सहित भविष्यमा यस्ता गतिबिधि नगर्ने भनी प्रमुख समक्ष ७ दिनभित्र लिखित प्रतिबद्धता पेश गर्नहुन आदेशानुसार अनुरोध गर्दछु’ । 

 स्पष्टीकरण सोधेको विषयमा प्रवक्ता मानन्धरले भने –स्ष्पटीकरण आएको छ । पत्र बुझेपछि स्पष्टीकरण दिनेनै छु । यसबाहेक अरु केही बोल्दिन । मेयर साहले मानन्धर लगायत ४ जना समितिका संयोजकलाई जेठ १ गतेबाट हटाएपछि दोस्रो बदला लिन स्पष्टीकरण सोधेका हुन् । नयाँ संयोजक मध्ये ३ जनाले पद अस्विकार गरेपछि आक्रोशित भएका मेयर साहले प्रवक्तालाई  स्पष्टीकरण सोधेका हुन्  । संयोजकले कार्यपालिकाको निर्णय बेगर आफूहरु पदमा नरहने उल्लेख गरेका थिए । सबैले संयुक्त हस्ताक्षर गरी पदमा नबस्ने जनाएका थिए ।  

 उच्चस्रोतका अनुसार प्रहरी प्रमुख राजु पाण्डेलाई कारबाही नगर्नको लागि दवाव दिन मेयर साहले प्रवक्तालाई स्पष्टीकरण सोधेको  बुझिएको छ । प्रहरी प्रमुख पाण्डेको भोली सोमबार एकसाता पुग्दैछ । प्रहरी प्रमुख पाण्डेले पहिलो चरणको स्पष्टीकरण दिएपछि थप के कारबाही हुने ? भन्ने विषयमा प्रमुख प्रशासकीय अधिकृत सचिवालयले थप  निर्णय हुनेछ । 

 प्रमुख प्रशासकीय अधिकृत गुँरागाईले प्रहरीप्रमुख पाण्डेलाई र मेयर साहले प्रवक्ता मानन्धरलाई स्पष्टीकरण सोधेपछि महानगरमा नयाँ विषयले प्रवेश पाएको छ । एकमहिनामा नीति तथा कार्यक्रम पारित गरेर बजेट सार्बजनिक गर्नुपर्ने अवस्थामा कामपाभित्रको झगडाले रमिता भएको छ ।