काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साहले नियुक्ति गरेका ३ जना वडा अध्यक्षले समितिमा नबस्ने निर्णय गर्दै मेयर साहलाई पत्र पठाएका छन् । भर्खरै पठाएको पत्रमा विषयगत समितिको संयोजकमा रहन नसक्ने उल्लेख गरेका छन् ।
सुसासन समितिका संयोजक दलबहादुर कार्की,सूचना प्रविधि समितिका संयोजक वीरेन्द्र प्रजापति र सम्पदा तथा पर्यटन समितिका संयोजक विनोद राजभण्डारीद्धारा संयुक्त हस्ताक्षरित पत्रमा भनिएको छ–‘तोकिएको जिम्मेवारीहरु कार्यपालिका बैठकबाट अनुमोदन नभएको अवस्था विद्यमान भएकाले उपयुक्त नदेखिएको हुँदा तत्तत् तोकिएको जिम्मेपारीमा नरहने ब्यहोरा श्रीमान् प्रमुखज्यू समक्ष संयुक्त रुपमा जानकारीको लागि अनुरोध गर्दछौ ।
यसअघि काठमाडौं महानगरपालिकको २०७९ असार १० गते बसेको चौथो कार्यपालिकाको बैठकले १२ विषयगत समिति बनाउने निर्णय गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडलको सिफारिसपछि समिति गठन भएको थियो ।
मेयर साहको सचिवालयको जेठ १ गते चलानी नम्बर ६२०, ६२१ र ६२२ उल्लेख गरी तीनजना कार्यपालिका सदस्यलाई संयोजकको जिम्मेवारी तोकिएको पत्र पठाइएको थियो ।
काठमाडौँ महानगरपालिका नगर कार्यपालिका कार्य सम्पादन नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम १ बमोजिम नयाँ संयोजक तोकेका हुन् । स्रोतका अनुसार समितिमा मनोनयन गरेका ४ मध्ये ३ जना नियम अनुसार जिम्मेवारी नदिएको कारण समितिमा नबस्ने अडान लिएका छन् ।
पार्टी नेतृत्वले समेत मेयर साहको मनपरी नियुक्तिमा नबस्न निर्देशन दिएको छ । मेयर साहले शुक्रबार सूचना प्रविधि,सुशासन,सम्पदा तथा पर्यटन र विधायन समिति छन् । यी समितिमा क्रमशः वडानम्बर १७ का अध्यक्ष नविन मानन्धर, वडा नं – २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नं– ८ का अध्यक्ष आशामान संगत र वडा नं – २३ का अध्यक्ष मचाराजा महर्जनलाई हटाएर नयाँ संयोजक तोक्नुभएको थियो ।
स्रोतका अनुसार मेयर बालेनले आफ्नो आलोचना गर्ने वडाध्यक्षहरुलाई अघोषित रुपमा कारवाही स्वरुप संयोजकबाट हटाएका हुन् । प्रमुख प्रशासकीय अधिकृत प्रकरणमा आफूविरुद्ध खुलेर उत्रिएकाहरुलाई उनले निशाना बनाएका हुन् । मेयर साहले समितिमा संयोजक नियुक्ति गरेपछि तीनजना तत्काल जिम्मेवारी नलिने भएका छन् ।

प्रतिक्रिया