पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौँ ।

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कर्णालीका हिमाली तथा कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराईमा भने मौसम मुख्यतया सफा रहनेछ।

बिहान तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।