राप्रपा सांसद दीपक बोहराको निधन


काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन भएको छ। काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा मंगलबार बोहराको निधन भएको हो।

सांसद बोहराको निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

उनी २०७९ मंसिरमा भएको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएका थिए। सांसद बोहरा दुई वर्षदेखि बिरामी थिए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।