गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको ट्याङ्कर दुर्घटना: २ जनाको मृत्यु, २ जना घाइते


धादिङ । 

धादिङको गल्छि गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा ट्यांकर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परि घाइते भएका गजुरी गाउँपालिका–६ का १८ वर्षिय प्रशान्त चेपाङ र २० वर्षिय जयराम चेपाङको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । 

प्रहरी नायव उपरिक्षक हमालका अनुसार आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१–००४ क ३३५२ नम्बरको ट्याङकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको हो ।

दुर्घटनामा घाइते भएका प्रशान्त र जयरामलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा लगिएको थियो । उपचारका क्रममा उनीहरुको ज्यान गएको हो । 

दुर्घटनामा गजुरी गाउँपालिका-६ का १९ वर्षिय सिरिश चेपाङ र १७ वर्षिय सुरेस चेपाङको धादिङ अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ । 

ट्याङकर चालक गजुरी गाउँपालिका- ६ का २३ वर्षिय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।