प्रधानसेनापति म्याराथन फागुन १० मा


काठमाडौं ।

२६२ औं सेना दिवसको अवसरमा आगामी फागुन १० गते ‘प्रधानसेनपति खुला म्याराथन’ प्रतियोगिता हुने भएको छ।

नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पुरुष म्याराथन तथा २१ किमी महिला-पुरुष हाफ म्याराथन गर्न लागिएको जानकारी गराइएकाे छ ।

सैनिक अधिकृत र सैनिक सहचारी महिला-पुरुषको सहभागितामा १० किमी दौड तथा उपत्यकाभित्रका सहायकरथी र सोभन्दामाथिका रथीबृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किमी वाकाथन पनि आयोजना हुने जानकारी दिइयो।

म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिने छ। हाफ म्याराथनमा पहिला, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः रु ७५ हजार, रु ५० हजार र रु ३५ हजार नगर पुरस्कार प्रदान गरिनेछ। म्याराथनमा प्रथम हुनेलाई यामाहा मोटरसाइक तथा स्कुटर प्रदान गरिने बताइएकाे छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।