काठमाडौँ।
दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख जिल्लाको तोलीजैसी आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रिक्टरस्केलको भूकम्प गएको हो ।
दैलेखसंग आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।
नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ ।
प्रतिक्रिया