खोटाङमा टाटा सुमो दुर्घटना, एक जना घाइते


खोटाङ ।

काठमाडौंबाट फेदी आउँदै गरेको सुमो दुर्घटना भएको छ । ना १ ज ७१८१ नम्बरको टाटा सुमो केपिलासगढी गाउँपालिका–३ बास्पानीको राँचीमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा केपिलासगढी–१ फेदीका ७३ वर्षीय दुर्गाप्रसाद राई घाइते भएका छन् । गाडी रोकिराखेको ठाउँबाट ब्याक भएर करिब दुई सय मिटर तल खसेको प्रहरीले बताएकाे छ । घाइतेको बास्पानीस्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीबाट उपचार भइरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।