गेटवे सेमिफाइनलमा


काठमाडौं ।

डिफेन्डिङ च्याम्पियन गेटवे एकेडेमी १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । गेटवे सेमिफाइनल पुग्ने पहिलो टोली हो।

मूलपानी मैदानमा गेटवेले गोठाटारलाई ४–० गोलले पराजित गर्‍यो। प्रदीप खड्काले ह्याट्रिक गरे भने कृजल श्रेष्ठले १ गोल थपे।
फेकाको आयोजनामा भइरहेको प्रतियोगितामा कौस्तुभ एकेडेमी र ब्रम्हकुञ्ज क्वाटरफाइनलमा पुगे।

कौस्तुभले डेन्सलाई ५–१ गोलले हरायो । कौस्तुभका उत्सव शाहीले २ तथा सुप्लप श्रीमाली, कैलाश लामिछाने र एरिश रम्तेलले समान १–१ गोल गरे। ब्रम्हकुञ्जले गोल्डेन बडलाई २–० ले पाखा लगायो। दुवै गोल शुभम् दफेपतेको नाममा रह्यो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।