विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य


काठमाडौँ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ। त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनेको हो।

विराटनगरका लागि बसिर अहमदले विस्फोटक ब्याटिङ गरे। उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरी ६८ रन बनाएर नट आउट रहे।

राजेश पुलामीले २० बलमा एक चौका र ३ छक्का प्रहार गरी ३३ रन जोडेर नट आउट रहे।

मार्टिन गप्टिलले ३५ बलमा एक चौका र ४ छक्का प्रहार गर्दै ४५ रन जोडे। तीबाहे अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ रिजन ढकालले ४० रन खर्चिएर २ विकेट लिए। कुशल मल्ल, सोयल तनवीर बसिल हमिदले एक/एक विकेट लिए।

चितवनका लागि आजको खेल जित्नुपर्ने दबाब छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।