काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ।
बिहीबारको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३९ रन बनाएको हो।
पोखराका लागि स्टक एडवार्डले सर्वाधिक ४५ रन बनाए। यस्तै लोकेश बमले २६, निकोलस किर्तनले १९ रन बनाए। यस्तै बसिर अहमदले २१ रन जोडे।
बलिङमा पोखराका सागर ढकाल र राइफरले २/२ विकेट लिए। कुशल भुर्तेल र दिनेश खरेलले १/१ विकेट हात पारे। पोखराले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ।











प्रतिक्रिया