एनपिएल: चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य


काठमाडौं ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १६५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १६४ रन जोड्यो । चितवन राइनोजका लागि हसन इसाखिलले सर्वाधिक ६५ रन जोडे । सन्तोष कार्कीले ९ रनको योगदान दिए ।

बिपीन रावलले १७ रन जोड्दा कप्तान कुशल मल्ल १९ रनमा आउट भए । रवि बोपाराले ३६ रनको योगदान दिए । जान निकोल लोफ्टी ईटन २ रन र अमरसिंह रौटेला ६ रनमा नट आउट रहे । बलिङमा सुदूरपश्चिम रोयल्सका स्कट कुग्गेलिजनले सर्वाधिक २ विकेट लिए । ब्रान्डन मक्मेलन र सैफ जैब र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।