एनपीएलः पहिलो खेलमा जनकपुर र लुम्बिनी भिड्दै


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) आज  हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ। दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुने छ।

जनकपुरको नेतृत्व अनिल शाहले  गर्नेछन् भने लुम्बिनीबाट रोहितकुमार पौडेलले नेतृत्व गर्नेछन्। जनकपुर अपराजित यात्रामा छ। उद्घाटन खेलमा विराटनगर किंग्सलाइ हराएको जनकपुरले कर्णाली र चितवन राइनोजलाई पराजित गरेर आज आफ्नो चौथो खेल खेल्न लागेको हो। 

उता लुम्बिनीले भने अहिलेसम्म एउटा पनि खेल जितेको छैन। लुम्बिनी यसअघि विराटनगर, पोखरा र सुदूरपश्चिमसँग भएका तीनै खेलमा पराजित भएको हो। 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।