एनपीएल: टस जितेर फिल्डिङ गर्दै काठमाडौं


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले कर्णाली याक्स र काठमाडौं गुर्खाज बिच प्रतिस्पर्धा हुँदै छ। त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको मैदानमा कर्णालीविरुद्ध काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्।

पहिलो खेलमा पराजित भएका दुवै टोली आज पहिलो जितको खोजीमा छन् । पहिलो खेलमा काठमाडौं चितवन राइनोजसँग ५ विकेटले पराजित हुँदा कर्णाली भने जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।