कांग्रेस-एमाले गठबन्धनलाई पराजित गर्दै पुथाउत्तरगंगामा माओवादीकी नरपुरा विजयी


काठमाडौँ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई हराउँदै रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जीत निकालेको छ ।

गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा निर्वाचित भइन् । उनले ३६२७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

कांग्रेस-एमाले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी केशकुमारी तुलाचनले २१२८ मत प्राप्त गरिन।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।