सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै


काठमाडौं ।

सङ्घीय संसद्को राष्ट्रियसभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ।

बैठक दिउँसो १ बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारस्थित समितिको हलमा बस्नेछ।

बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित सरकार आश्वासन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री र मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।