प्रधानसेनापति भारत जाँदै


काठमाडौं ।

प्रधानसेनापति अशोकराज सिग्देल यही मंसिरको अन्तिम साता भारत भ्रमणमा जानुहुने भएको छ। भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको निमन्त्रणामा भारत भ्रमण जान लाग्नुभएको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।

‘भारतीय समकक्षीले प्रधानसेनापति सिग्देललाई निमन्त्रणा दिनुभएको छ मन्त्रालयले अब मन्त्रिपरिषद्मा उक्त निर्णय लैजाने र मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गरेपछि उहाँ मंसिरको अन्त्यतिर भारत जानुहुने भएको छ’ –मन्त्रालय स्रोतले जानकारी दियो।

प्रधानसेनापतिमा नियुक्त भएपछि सिग्देलको भारत भ्रमण पहिलो हुने भएको छ। दुई देशका सेना प्रमुखमा नियुक्त भएपछि एकअर्का देशको सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न लिने परम्परा रहेको छ। भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतका व्यक्तिसँग भेटघाट गर्नुका साथै भारतीय सेनाको विभिन्न युनिटको समेत भ्रमण गर्नुहुने भएको छ।

केही दिनअघि भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपालको पाँचदिने भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ। उहाँलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।