मन्त्री पाण्डेलाई भ्रष्टाचारको आरोप लगाएका सांसद बजगाईंले हटाए सबै पोस्ट

20.12k
Shares

काठमाडौं ।

पर्यटनमन्त्री बद्री पाण्डेले एक क्यासिनोलाई अनुमति दिन करोडौं घुस लिएको आरोप लगाएका गोरखाबाट नेपाली काँग्रेसको टिकटमा प्रतिनिधिसभामा सदस्यमा निर्वाचित तथा विवादित पर्यटन व्यबसायी राजेन्द्र बजागाईं आफ्नो दावीमा एक दिन पनि टिक्न सकेनन् ।


उनले मंगलबार फेसबुक र ट्वीटरमा केही काँग्रेस नेतालाई समेत जोडेर सो पोस्ट गरेका थिए । सोही पोष्टका आधारमा केही अनलाइन मिडियाहरुले समाचार प्रशारण गरेका थिए । तर उनीले अहिले ति सबै पोष्टहरु हटाएका छन् यसबाट उनले लगाएको सो आरोपमा कुनै दम नभएको पुष्टि भएको छ ।


सो समाचार बाहिरिएसँग राजधानीमा मंगलबार नै आयोजित एक कार्यक्रममा आफूले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालन लगायत केही राम्रा कामको थालनी गरेपछि केही माफियाका मतियार आफ्ना विरुद्ध कोपोलकल्पित आरोप लगाउन उद्धत मन्त्री पाण्डेले भएको बताएका थिए ।


उनले आफूले कुनै कतै भ्रष्टाचार गरेको पुष्टि भए तत्कालै आफ्नो राजनीतिक जीवन तिलाञ्जली दिने प्रतिज्ञा पटकपटक दोहो¥याएका थिए । सांसद बजगाँइको सो आरोप पछि भैरहवाको रोयल टाइगर रिक्रियशनले विज्ञप्ति जारी गरी मन्त्रीमाथि लगाइएको आरोप निराधार भएको बैदेशिक लगानी नेपाल भित्र्याउन नदिने केही माफियाले यस्तो प्रचारबाजी गरेको जनाएको थियो ।


अत्यन्त विवादित र विदेशमा कालो धन राख्ने ५५ नेपालीको सूचिमा समेत परेका सांसद बजगाईंले केही समय पहिले मदिरा सेवन गरी प्राइम टेलिभिजनमा अन्तर्वार्ता प्रशारण भए पनि उनले सो भिडियो हटाउन लगाएका थिए । तर अहिले पनि सो भिडियो सामाजिक सञ्जालमा शेयर भईरहेको छ ।


मन्त्री पाण्डेले सो आरोपको कडा प्रतिकार गर्दै मानहानी, चरित्र हत्या, साइवर अपराध र पार्टीको विधान विपरित अनुशासनहीन अभिव्यक्ति दिएका विषयमा कानुनी उपचार खोज्ने तयारी गरेपछि सो पोष्ट हटाएको हुन सक्ने पाण्डे निकट स्रोतलले जनाउको छ ।


मदिराले मातेको बेला बजगाँइले विगतमा पनि अन्टसन्ट पोष्ट गर्ने गरेको उनी निकटहरुले बताउने गरेका छन् ।
उनी आफूले लगाएको आरोपमा टिक्न नसक्नुले उनी कुनै हैसियत भएका जनप्रतिनिधि नभएको र पर्यटन क्षेत्रका केही माफियाको गोटी भएको पुष्टि भएको छ ।