नेपालको शानदार बलिङ, युएईविरुद्ध नेपाललाई ८४ रनको लक्ष्य


काठमाडौं ।

युएईले जारी यू-१९ महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गतको खेलमा नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।

जित्नै पर्ने अवस्थामा रहेको नेपालले शानदार बलिङ गर्दै युएईलाई ८३ रनमा रोकेको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउँदै ८३ रन बनाएको हो । नेपालका लागि बलर क्रिश्मा गुरुङले ४ विकेट लिएकी थिइन् भने सिमाना केसी र रिया शर्माले २-२ विकेट लिएकी थिइन् ।

अब नेपालले युएईलाई १६.२ ओभरमा पराजित गरेमा विश्वकपमा छनौट हुने भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।