काठमाडौं ।
नेकपा माओवादी केन्द्रले आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ। आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
प्रवक्ता सापकोटाका आगामी मङ्सिर १६ गते हुने बैठकले उपनिर्वाचनमा गठबन्धन गर्ने बारे ठोस निर्णय भने गरेको छैन । प्रवक्ता सापकोटाले उपनिर्वाचनमा सफलता हासिल गर्ने कार्ययोजना बनाइएको बताए।
साथै माओवादी केन्द्रले मङ्सिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय भएको उनले जानकारी दिएका छन्।
उनले खबरदारी सभा यस अघि कार्तिक १० गते गरेको विरोध सभाको निरन्तरता भएको बताए।











प्रतिक्रिया