सर्लाहीमा पोखरीमा कार खस्दा बेपत्ता दुई जनाको शव भेटियो


सर्लाही ।

सर्लाहीमा पोखरीमा कार खस्दा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पोखरीबाट शव निकालेको हो।

सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो। पोखरीमा कार डुबेसँगै गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर बेपत्ता भएका थिए।

कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला –२ का अन्दाजी ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्कन सफल भएका थिए। बेपत्ता दुवै जनाको शव पोखरीबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवत्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।