हङकङ सिक्सेस : अस्ट्रेलियालाई नेपालले दियो ११२ रनको लक्ष्य


काठमाडौं ।

हङकङ सिक्सेस अन्तर्गत नेपालले अस्ट्रेलियालाई ११२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा २ विकेटको क्षतिमा १११ रन बनाएको हो।

नेपालका लागि कप्तान सन्दीप जोराले १६ बलमा अर्धशतक बनाए। जोराको यस प्रतियोगितामा यो लगातार दोस्रो अर्धशतक हो। लोकेश बमले १३ बलमा ३३ रन बनाए । विवेक यादवले ४ बलमा १२ रन बनाए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।