नेपालबाट बाहिरियो मनसुन


काठमाडौं ।


आजदेखि मनसुन पूरै नेपालबाट बाहिरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज असोज २६ गते देशका बाँकी स्थानबाट पनि मनसुन बाहिरिएको हो।

महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार आज बागमती प्रदेश, मधेस प्रदेश र कोसी प्रदेशको पूरै क्षेत्रबाट मनसुन बाहिरिएको हो। योसँगै मनसुन देशैभरबाट बाहिरिएको छ।

यसअघि बागमतीदेखि पश्चिमका सबै प्रदेशबाट मनसुन बाहिरिएको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।