पोखरा र भैरहवाका लागि हवाई इन्धनको मूल्य घट्यो


काठमाडौं ।

नेपाल आयल निगमले पोखरा र भैरहवामा हवाई इन्धनको मूल्य घटाएको छ । पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्नका लागि निगमले हवाई इन्धनको आयल निगमका लागत मूल्यमा नै उपलब्ध गराउने निर्णय अनुसार मूल्य घटाएको हो ।

हाल भैरहवामा ८६० डलर प्रति किलोलिटर रहेकोमा अब ७६९ डलर प्रतिकिलो लिटर भएको छ । त्यस्तै, पोखराको ८६० डलर प्रतिकिलो लिटर रहेकोमा अब ७८४ डलर भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।