एमालेकाे केन्द्रीय कार्यालय डुबानमा


काठमाडौं ।


ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय डुबानमा परेको छ।

मनोहरा तथा बागमती नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको हो। साथै एन्फा खेल मैदानसमेत डुबानमा परेको छ।

मनोहरा नदीमा आएको बाढी वरपरका घरहरू पनि डुबानमा परेका छन्।भारी वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा पानीको बहाव अत्यधिक बढेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।