पाँचथरको फिदिममा पहिरोले घर पुरिँदा आमाछोरीको मृत्यु


झापा ।

पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा फिदिम १२ घर भइ हाल फिदिम ४ मा अस्थायी बसोबास गर्ने २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पा छन्।

दुवैजनालाई आज बिहान ४ बजे पहिरोले पुरेको थियो। घर नजिकै माथिदेखि आएको पहिरोले पुरिँदा आमा छोरीको ज्यान गएको हो।

दुवै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथर प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।