दसैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि  खुल्ने


काठमाडौँ। 

दसैंका लागि अग्रिम बस टिकट असोज १२ गतेबाट खुल्ने भएको छ । मंगलबार  यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभाग बीच भएको छलफलमा १२ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको हो । यस वर्ष घटस्थापना असोज १७ गते परेको छ। 

दसैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट खोल्ने सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाल बताए ।

सार्वजनिक यातायात केन्द्रीय महासंघले पनि १२ गतेबाट अग्रिम बस टिकट खुल्ला गर्ने निर्णय भएको जनाएको छ।