प्रधान सेनापति सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच भेटघाट

काठमाडौं। 

प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । 

त्यस्तै, आजै प्रधान सेनापति र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का  राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल शम्सबीच शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा  आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । 

यस किसिमको भेटघाटले नेपालको उक्त देशहरुबीच  रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।