काभा च्याम्पियनसिपको उपाधि विजेता पुलिस क्लबलाई विमानस्थलमा भव्य स्वागत


काठमाडौँ।

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लबलाई भव्य स्वागत गरिएको छ। सोमबार स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

माल्दिभ्सको मालेमा भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको थियो ।

पहिलो सेट २५-१६ ले जित निकालेको पुलिसले दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै उपाधि रक्षा सफल भएको हो ।

Skip This