उपत्यकाका कार्यकर्तालाई केन्द्रीय कार्यालय आउन रास्वपाको सर्कुलर


काठमाडौं उपत्यकाका राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।

रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन् ।

सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा पुगीसकेका छन् ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला डाकेको हो ।

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई प्रहरीले आइतबार प्रक्राउ गरेको छ ।