सम्पादक रिजाल प्रेस काउन्सिल पत्रकारिता पुरस्कारकारबाट सम्मानित

24.82k
Shares

काठमाडौं । 

न्युज अफ नेपालका सम्पादक तथा नेपाल समाचारपत्र दैनिकका समाचार प्रमुख दीपक रिजाल सम्मानित भएका छन्।

आइतबार प्रेस काउन्सिल नेपालको ५५ औं वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील रही विशेष योगदान पुर्‍याएका रिजाललाई  राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्‍वी सुब्बा गुरुङले  पुरस्कार राशिसहित सम्मान गरेका हुन्। 

सोही अवसरमा सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट प्रेस युनियनका पूर्वअध्यक्ष  बद्री सिग्देल, गाेपालदास स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस इन्स्टिच्यूट र अन्नपूर्ण पाेष्टका प्रधानसम्पादक अखण्ड भण्डारी,  क्रियाशील पत्रकारिता पुरस्कारबाट प्रेस युनियनका महासचिव एवं नागरिक दैनिकका आर्थिक ब्युरो प्रमुख  दिलिप पाैडेल सम्मानित भएका छन् । 

Skip This