नेपाल एयरलाइन्समा नीतिगत हस्तक्षेप गरेर अघि बढ्छु: मन्त्री पाण्डे


काठमाडौं।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्ने बताएका छन्।

साेमबार नेपाल पर्यटन बाेर्डका नवनियुक्त कार्यकारी दीपकराज जाेशीकाे स्वागत कार्यक्रममा बाेल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने,
संस्कृति,पर्यटन र नागरिक उड्डयन तीन स्तम्भ हुन् । नेपाल एयरलाइन्स सुधारकाे बाटाेमा जान जरूरी छ। म यहाँ केवल भाषण गर्न मात्रै उभिएको छैन। अब नीतिगत हस्तक्षेपकाे बाटाेमा लैजान चाहान्छु ।

उनले मन्त्रालयकाेबारेमा सम्पूर्ण विषय बुझिसकेकाले रिफर्मकाे बाटाेमा अघि बढ्ने बताए। मन्त्री पाण्डेले मन्त्रालयमा प्लेन चलाईदिन भनेर डेलिकेसन आउने गरेका बताउँदै प्लेन नचल्दा देशभरका अधिकांश एयरपोर्टहरू रित्ता भएकाे दृष्टान्त सुनाए।उनले नागरिक उड्डयन क्षेत्र सुरक्षित हुने कुरामा कुनै दुविधा नलिन समेत विश्वास दिलाएका छन् ।