पाँचथर बम विष्फोटको घटनाबारे सरकारले तत्काल संसदलाई जानकारी गराउनुपर्छः एमाले


काठमाडौँ।

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको बम विष्फोटको घटनाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले यही भाद्र १३ गते पाँचथरमा बेवारिस बम विष्फोटमा एकै घरका २ जना बालबालिकाको ज्यान गएको र २ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल जानकारी गराउन गृहमन्त्री रमेश लेखकसँग माग गरेका हुन् ।

उनले भने‚‘ केही समय अघि पाँचथरमा बेवारिसे बम फेला भएको र उक्त बम विस्फोट हुँदा २ जनाको ज्यान गएको छ । यतिका दिनसम्म यस घटनाका दोषी को हो ? यसबारे सरकारले सदनलाई जानकारी गराउनुपर्छ । विशेष गरेर गृहमन्त्रीले जानकारी गराउनुपर्छ ।’

प्रमुख सचेतक बर्तौलाले यस्ता बेवारिसे बम विष्फोटको घटनालाई सरकारले गम्भीरतापूर्वक लिई अनुसन्धानको कामलाई तीब्रता दिनुपर्ने बताए ।